मानव अधिकार समूह बाणगंगाको बैठक सम्पन्न

मेचीकाली संवाददाता

१९ माघ २०७८, बुधबार
602 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेकसँग आवद्ध मानव अधिकार समूह बाणगंगाको नियमित बैठक सम्पन्न भएको छ । मानव अधिकार समूह बाणगंगाका अध्यक्ष ईन्दिरा भट्टराईको अध्यक्षतामा माघ १९ गते नगरपालिकाको वडा नं. ४ मा बैठक सम्पन्न गरिएको हो ।

नगरपालिकामा ईएलपी कार्यक्रम अन्र्तगत सम्पन्न भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको बिषयमा समिक्षा गरिएको थियो । साथै मानव अधिकार समूहले स्थलगत अनुगमन गरी समस्याहरुको पहिचान गरी समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायलाई कार्यान्वयन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको समूहका सचिव मधु पाण्डेले बताए ।

ईन्दिरा भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका उपाध्यक्ष ईन्दिरा पन्त, कोषाध्यक्ष थानेश्वर अधिकारी, सदस्य देवकला सुबेदी कमाल, रुपा राई गुरुङ र इन्सेक प्रतिनिधी पार्वती आचार्य लगाएतको सहभागिता रहेको थियो । समूहले स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुलाई नगरपालिकामा ध्यानाकर्षण गराई सकेको हुँदा ति समस्याहरुको समाधान भए नभएको जानकारी लिनका लागि पुन स्थलगत अनुगमन गर्ने मानव अधिकार समूहले निर्णय गरेको छ ।