सम्बन्ध सहकारीद्वारा स्वास्थ सामग्री वितरण

मेचीकाली संवाददाता

२० माघ २०७८, बिहीबार
413 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार स्वास्थ सामग्री वितरण गरेको छ ।

सहकारीले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर कोभिड–१९ नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले मास्क र सेनिटाइजर वितरण गरेको हो । स्वास्थ सामग्री वितरण गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरे । अध्यक्ष क्षेत्रीले कोरोना नियन्त्रणमा मास्क र सेनिटाइजरलाई अनिर्वाय गर्नुपर्ने बताए ।

सहकारीका उपाध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष विष्णु गौतमले सहकारीले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताइन । उनले कोरोना महामारीमा सचेतनामूलक कार्यक्रम गरौं भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सर्वसाधारणलाई वितरण गरिएको बताइन । स्थापनाको छोटो समयमा नैं सम्बन्ध सहकारी बलियो बनेको छ । सहकारीले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

कार्यक्रमका सहकारीका सचिव कमल नेपाल, कोषाध्यक्ष सन्तोष केसी, सल्लाहकारहरु राजेन्द्र ढकाल, राजेन्द्र पाण्डे, शालिकराम पौडेल र मनोहर पाठक लगायतले बोलेका थिए ।