 
	 
									बुटवल। उद्यमशिलता प्रवद्धन मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यसहित घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीद्वारा बुटवल–१२ नयाँगाउँमा सिलाई कटाई तालीम सुरू भएको छ ।
रुपन्देहीका विभिन्न स्थानमा बसोबास गरिरहेका दिनभर घरमा खाली बसिरहेका तर उद्यमशील सोच भएका २० जना महिलाहरुलाई समावेश गरी स्थानीयको माग अनुसार कार्यालयले उद्यमशिलता विकास सीप र प्रविधिमा आधारित नयाँ उद्यमी तयार गर्ने कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरेको हो । ‘तालिम सम्पन्न भएपश्चात प्रशिक्षार्थीको माग अनुसार व्यबसाय स्थापनाका लागि मेसिनरी उपकरण समेत सहयोग गर्ने कार्यक्रम रहेको कार्यलय प्रमुख रामप्रसाद ज्ञवालीले बताए ।
कार्यक्रममा प्रदेश पुवाधार विकास प्राधिकरण, लुम्बिनी प्रदेशका आर्थिक प्रशासन शाखा प्रमुख बाबुराम ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यालयका लेखा शाखा प्रमुख सहितका अन्य अतिथि तथा सहभागीहरुको उपस्थितीमा घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए ।
उच्च माग भएको लेडिज सिलाई बुनाइलाई भविश्यमा एकीकृत उद्योग समेत सञ्चालन गर्न सक्ने गरी बजारीकरण, व्यवसायिक योजना निर्माण तथा समग्र उद्यमशिलता विकास तालिम सहितको प्याकेज समेतको कार्यक्रम रहेको १० दिने उद्यमशिलता विकास तालिम समेत प्रदान गरी सहभागिहरुलाइ भविश्यमा एकीकृत गार्मेन्ट समेत सञ्चालन गर्न सक्ने गरी तयार गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीले बताए ।
उपयुक्त अवसरको खोजीमा दिनहुुँ हजारौं विदेशमा रहेको वर्तमान परिवेशमा स्थानीय महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरी स्वदेशमैं रोजगारीका अवसर सृजना गर्ने र आय आर्जन मार्फत उनिहरुको वित्तीय आवश्यकता परिपूर्तिमा साझेदार बन्ने उद्देश्यले कार्यलयले तालिम चलाइएको हो ।
जसबाट रोजगारी सृजना उद्यमशिलता प्रवद्धन तथा सीपको आधुनिकिकरण र एकीकृत सामूहीक उद्यम मार्फत स्थानीय जीवनमा सकारात्मक योगदान गर्ने अपेक्षा रहेको कार्यालयको बताएको छ ।

 
		 
		 
			   
		 
             
             
             
             
             
             
		 
                                 
                                 
                                