कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

मेचीकाली संवाददाता

२२ माघ २०७८, शनिबार
345 shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमका बीच नगरप्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेक प्रताव शाह र जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको बताईएको छ । शाह सहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।