विपन्न समुदायलाई न्यायो कपडा

मेचीकाली संवाददाता

२२ माघ २०७८, शनिबार
562 shares

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विपन्न समुदायको बस्तीमा पुगेर न्यानो कपडा वितरण गर्न थालेको छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न बस्तीमा पुगेर प्रशासनले शुक्रबार न्यानो कपडा वितरण गरेको हो ।

नगरको वडा नं. ९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट, ज्याकेट, ट्राउजर, महिलाको भित्री कपडा १ गरी परिवारलाई ९ वटा सामग्रीको सेट बाँडिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

उक्त कपडा वितरणमा नगरप्रमुख केशवकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, वडा नं. ९ का वडाध्यक्ष चुरामणी न्यौपानेलगायतको सहभागीता रहेको थियो । तराईमा बढ्दो जाडोका कारण आर्थिक रुपमा विपन्न भएका समुदायलाई ज्यानको सुरक्षास्वरुप न्यानो कपडा वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यसैबिच मायादेवी गाउँपालिका वडा नं. २ र ३ का २० नेटुवा परिवार, शुद्धोधन गाउँपालिका १ प्रगती नगरका १६ परिवार र वडा नं. ३ का १६ परिवार गरी ५२ नेटुवा घर परिवारलाई पनि न्यानो कपडा, जुत्ता लगायत महिलाहरुका लागि भित्रि कपडा सहितको सेट वितरण गरिएको छ । न्यानो कपडा पाएपछि विपन्न परिवारले खुशी ब्यक्त गरेका छन् ।