गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

मेचीकाली संवाददाता

२४ माघ २०७८, सोमबार
582 shares

नगेन्द्र केसी
भुजौली । उद्यमशीलता विकास तालीमअन्तर्गत व्यवसाय सचेतना तथा सुरु र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम सोमबार सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्तिदेवी ज्ञावलीले महिलाहरू पनि उद्यमशीलता विकास कार्यमा भई गाउँपालिकाको एउटा नमुना उद्योगी व्यवसायी गराउन गाउँपालिकाको लक्ष्य रहेको बताउँदै यस तालिमको व्यवस्था गरिएको उपाध्यक्ष शान्तिदेवी ज्ञावलीले बताइन् ।

शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले गरिवी निवारणका लागि गरिएको यस कार्यक्रमले एउटा महत्वपूर्ण कार्य गर्ने र उद्यमशीलता विकास हुने बताए । तालिममा सिकेका सिपलाई तालिममा मात्र होइन व्यवहार ल्याउनुपर्नेमा उनले जोड दिए । शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयशंकर पाठकले सबैभन्दा महत्वपूर्ण कार्य गर्नमा आफैं क्रियाशील हुनुपर्ने र तालिम लिएका सिपलाई दीर्घकालीनसम्म लागि उत्पादन बढाउन आग्रह गरे । स्थानीयहरुले व्यवसायी गर्ने र उद्यमशीलता विकास क्षेत्रमा आबद्ध हुने किसानलाई गाउँपालिकाको कार्यालयले ऋण लगानीसमेत गर्ने प्रतिबद्धता वडा अध्यक्ष जयशंकर पाठकले बताए ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयशंकर पाठकको अध्यक्षतामा शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञावलीको प्रमुख आतिथ्यता र शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, शुद्धोधन गाउँपालिका योजना लघु उद्यम विकास शाखा प्रमुख रामबहादुर भण्डारीको विशिष्ट अतिथिमा सो कार्यक्रम भएको थियो ।

शुद्धोधन गाउँपालिका कार्यालय मानपकडी रुपन्देहीको आयोजनामा र शुद्धोधन गाउँपालिका वडा नम्बर ६ कार्यालयको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो। नागेश्वर टोल विकास संस्थाका अध्यक्ष बोदलाल शर्माको स्वागतमा र शुद्धोेधन गाउँ उद्यम विकास शाखाकी सहजकर्ता राधिका चौधरीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।