कपिलवस्तुमा ५ टन केराउसहित ट्रक नियन्त्रणमा

मेचीकाली संवाददाता

२५ माघ २०७८, मंगलवार
451 shares

सुनिल आचार्य
कपिलवस्तु। तस्करी हुन लागेको ५ टन केराउ सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट यू.पी. ५५ टी २२९५ नम्बरको ट्रकमा अवैध ढङ्गबाट भारत तर्फ लाने तयारी गरिएको एक ट्रक केराउ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले २४ गते राति नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको ट्रकलाई शङ्का लागेर जाँचगर्दा करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो ग्रामअवैध केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

नियन्त्रणमा लिइएको ट्रक र केराउको मूल्य १७ लाख मूल्यांकन गरी भन्सार कार्यालय सुठौली कार्यालय पठाएको छ । ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।