दुई दिने नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न

मेचीकाली संवाददाता

२५ माघ २०७८, मंगलवार
508 shares

पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १० र ११ का महिलाहरुका लागि दुई दिने नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको सहयोग तथा इन्सेक , मानव अधिकार समुह बाणगंगाको आयोजनामा वडा नं. ११ को वडा कार्यालय हथौसामा तालिम सम्पन्न गरिएको हो ।

सहभागिहरुका तर्फबाट लक्ष्मी भुषालले तालिममा सहभागि हुन पाउँदा खुशी ब्यक्त गर्दै तालिममा नेतृत्व बिकास र महिला अधिकार अन्तरर्गत संबिधानले ब्यबस्था गरेका संबैधानिक अधिकारका बिषयमा जान्न र बुझ्न पाउँदा खुशी ब्यक्त गरिन् । साथै सहभागिहरुले दुई दिनको तालिमबाट केही कुराहरु सिक्न पाएकोमा आयोजक लाई धन्यवाद दिए ।

समापन तालिमका प्रमुख अतिथी एवं वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडा नं. १० र ११ लाई लक्षित गरेर तालिम संचालन गरेकोमा बाणगंगा नगरपालिका र इन्सेक मानव अधिकार समूह बाणगंगालाई धन्यवाद दिए । अर्यालले वडाका जुनसुकै कार्यक्रमहरु गर्दा समूदायलाई लक्षित गरेर कार्यक्रम संचालन गर्दै आएको बताए । उनले नयाँ नेपालले धेरै परिवर्तन ल्याएको बताउँदै नेतृत्व बिकास तालिम प्रत्येक घरघरमा हुन आबश्यकता रहेको बताए ।

यस्तै अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नेतृत्व बिकास तालिमले घर परिवार देखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताईन् । साथै तालिममा सिकेका कुराहरुलाई व्यबहारमा ल्याउन सहभागिहरुलाई आग्रग गरिन् ।

यसैगरी मानव अधिकार समूहका सदस्य देवकला सुवेदी कमालले घर परिवारमा पनि नेतृत्वको आवश्यकता हुने भएको हुँदा घर देखि नेतृत्व गर्न सके समाजमा नेतृत्व गर्न सकिने बताईन् ।

माघ २४ गते देखि शुरु गरिएको दुई दिने तालिममा प्रशिक्षक थानेश्वर अधिकारी र हरिशचन्द्र खनालले नेतृत्व के हो, नेतृत्वको आवश्यकता, भूमिका, दायित्व र महिला अधिकार अन्तरर्गत संबिधानले ब्यबस्था गरेका संबैधानिक अधिकार लगाएतका बिषयमा सहजी करण गरेका थिए ।

इन्सेक संग आवद्ध मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्तको अध्यक्षतामा वडा अध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यतामा वडा सदस्य वाजबुल लैन , नगरपालिकाका महिला शाखा प्रमुख सुशिला पन्थको आतिथ्यता रहेको थियो । इन्सेक सहजकर्ता पार्वती आचार्यको संचालनमा तालिम सम्पन्न भएको थियो । भने दुई दिने तालिममा बाणगंगा नगरपालिका वडा नं. १० र ११ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।