बुटवल उपमहानगरको ६३ औं स्थापना दिवस समारोहको शुभारम्भ

मेचीकाली संवाददाता

२६ माघ २०७८, बुधबार
663 shares

बुटवल । बुटवल उपमहानगरले सात दिवसीय विभिन्न कार्यक्रम गर्दै आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । ६३ औं स्थापना दिवस समारोहको शुभारम्भ रक्तदान कार्यक्रमको आयोजना गरि गरिएको हो ।

एक संक्षिप्त समारोहबीच नगर प्रमुख शिवराज सुवेदीले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ६३ युनिट रक्तदान संकलन भएको छ । कर्मचारी एसोसिएसन इकाई समिति बुटवलको आयोजनामा भएको रक्तदान कार्यक्रमको संयोजन एसोसिएसनका अध्यक्ष अनिलकुमार माण्डव्यले गरेका थिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र विभिन्न व्यक्तिको सहभागीता रहेको थियो ।

रक्तदाता र अतिथिहरूलाई महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले धन्यवाद ज्ञापन गरेका थिए । स्थापना दिवसको मूल समारोह भने आगामी फागुन ३ गते हुनेछ । त्यस अवधिसम्म जनप्रतिनिधि–कर्मचारीका बीचमा मैत्रीपूर्ण खेलकुद, सरसफाइ र विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने एसोसिएसन अध्यक्ष माण्डव्यले जानकारी दिए । बुटवल उपमहानगरपालिका वि.सं २०१६ साल फागुन ३ गते स्थापना भएको थियो ।