मानव अधिकार समूह बुद्धभूमिको बैठक सम्पन्न

मेचीकाली संवाददाता

२७ माघ २०७८, बिहीबार
545 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेकसँग आवद्ध मानव अधिकार समूह बुद्धभूमिको नियमित बैठक बुद्धभूमि नगरपालिका ९ चौवन्नपुरमा सम्पन्न भएको छ । मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा माघ २६ गते समूहका पदाधिकारीहरु बिच बिभिन्न बिषयहरुमा छलफल गरी बैठक सम्पन्न गरिएको हो ।

बैठकले नगरपालिकामा ईएलपी कार्यक्रम अन्र्तगत सम्पन्न भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा सौहाद्र रुपमा सम्पन्न भएको समिक्षा ग¥यो । साथै मानव अधिकार समूहले स्थलगत अनुगमनका क्रममा समस्याहरुको पहिचान गरी देखिएका समस्याहरुलाई समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै आएको मानव अधिकार समूह बुद्धभूमिले जानकारी दिएको छ ।

समूहले स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुलाई नगरपालिकामा ध्यानाकर्षण गराई सकेको हुँदा ति समस्याहरुको समाधान भए नभएको जानकारी लिनका लागि पुन स्थलगत अनुगमन गर्ने मानव अधिकार समूहले निर्णय गरेको समूहका सचिव रुपकराज खनालले बताए ।

समूहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका सचिव रुपकराज खनाल, सदस्य जलेश्वर प्रसाद थारु, भोजराज पोखरेल, जानकी आचार्य र इन्सेक प्रतिनिधी पार्वती आचार्य लगाएतको सहभागिता रहेको थियो ।