मोटरसाईकल चोरी नियन्त्रणमा सक्रिय बन्दै कपिलवस्तु प्रहरी

मेचीकाली संवाददाता

२७ माघ २०७८, बिहीबार
653 shares

सुनिल आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले केही दिन यता जिल्लामा चोरीका मोटरसाईकल नियन्त्रणमा सक्रियताका साथ अभियान संचालन गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा पार्किङ गरी रहेको अवस्थामा केहि दिनयता मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा बृद्धि हुन थालेपछि चोरी नियन्त्रण विशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ गरी मोटरसाईकल नराख्न प्रहरी कार्यालयको सुझाव छ । मोटरसाईकल चोरीकार्यमा सग्लग्न गिरोहको पक्राउ तथा चोरी कार्य नियन्त्रणका लागि नियमित चेकजाँचहरु प्रहरीले गर्दै आएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

विशेष गरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेक पार्किङ स्थलमा सिसिटिभि क्यामेरा राख्न पहल गरिएको छ । भने मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएकोे छ ।

मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी प्रहरीले वाणगंगा नगरपालिका वडा नं ९ स्थित भलवार्डका विभिन्न स्थानहरु र वडा नम्बर ७ को धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच समेत गरेको छ । चेकजाँचका क्रममा २ सय २८ वटा मोटरसाईकल सहित ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरेको छ ।

सो क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सडकमा गुड्ने मोटरसाईकालहरुको कागजात चेकजाँच सँगै जिल्लाका विभिन्न स्थानमा संचालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको छ ।

मोटरसाईकल चोरी नियन्त्रण विशेष अभियान र चोरी हुन नदिने उपायहरु

कपिलवस्तु जिल्लाका विभिन्न स्थानहरुमा पार्किङ गरिेहेको अवस्थामा मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा केहि दिनयता बृद्धि भैरहेकोले मोटरसाईकल चोरी हुनबाट बचाउन निम्न उपायहरु अपनाउनु होस ।

१. पार्किङ गर्नुपर्ने भएमा अनिवार्य हेन्डल लक गर्नुहोस् । आफ्नो मोटरसाईकल लक गर्न भुल्दै नभुल्नुहोस् । हेन्डल लक नै मोटरसाईकल सुरक्षाको पहिलो कदम हो।

२) सकेसम्म व्यवस्थित पार्किङ भएको स्थानमा मोटरसाईकल राख्नुहोस्।

३) पार्किङ नभएको ठाउँमा मोटरसाईकल राख्दा सकेसम्म नियमित मानिसहरुको आवतजावत हुने वा नजर पर्ने ठाउँ ( पसल, होटल अगाडी) मा राख्नुहोस् ।

४) लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ गरि नछोड्नुहोस् ।

५) सम्भव भएसम्म टोल, समुदाय वा घरमा ऋऋत्ख् राख्नुहोस्।

६) सम्भव भएसम्म ऋऋत्ख् भएको स्थानमा मात्र पार्किङ गर्नुहोस्।

७) मोटरसाईकलका कागजातहरु कहिल्यैपनि मोटरसाईकलको डिकीमा नराख्नुहोस (यदि चोरी हुन गएमा कागजात समेत सँगै जाने गरेको देखिएको )।

८) घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकललाई पिल्लर वा केहि भारि÷गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउनुहोस् वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गर्नुहोस्।

९) आजभोलि सवारीसाधन चोरी नहोस भन्ने उद्देश्यले ’साईरन’ क्ष्चभल (अनाधिकृत व्यक्तिले छुँदा बज्ने प्रविधी) जडान गर्ने प्रणालिको विकास भैसकेको हुनाले सम्भव भएसम्म साईरन जडान गर्नुहोस ।

१०) सम्भव भएसम्म आफ्नो सवारीमा न्एक् लगाउनुहोस्। यसले चोरी भईहालेको खण्डमा सवारीलाई ट्रयाकिङ गर्न मद्दत गर्दछ ।

११) मोटरसाईकलमा १ वा सो भन्दा बढि लक सिस्टम राख्नुहोस्।

१२) मोटरसाईकल पार्किङ गर्दा सम्भव भएसम्म खोल(कभर) ले छोप्नुहोस्। यसो गर्दा तपाँईको सवारीमा चोरी संलग्न व्यक्तिको झट्ट नजर नपर्न सक्छ कुनै हर्कत भएमा सजिलै थाहा पाउन सकिन्छ।

१३) रातको समयमा घरमा पार्किङ गर्दा बत्ती( लाईट) को व्यवस्था गर्नुहोस् । रातको समयमा पार्किङ गर्दा क्उबचप एगिन निकालिदिनुहोस्। यसले चोरी नियन्त्रणमा केहि हदसम्म सहयोग पुग्दछ।

१४) चोरीका सवारीहरू अन्य थप अपराधहरू( चोरी, लुटपाट, तस्करी, तथा जघन्य अपराध) गर्न प्रयोग भइरहेको छ। आफ्नो मोटरसाईकलको सुरक्षा गरेर तपाईंले यी अन्य अपराधहरूलाई कम गर्न मद्दत गर्न सक्नुहुन्छ।

मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी हिजो मिती २०७८÷१०÷२६ गते कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ७ स्थित भलवाड, जिनुवा, धनेशपुर लगायतका गाउँहरुमा यस कार्यालयबाट प्र नि जगन्नाथ मरासिनीको कमाण्डमा ट्राफिक प्रहरी सहितको २५ जनाको टोलि खटिई आकस्मिक चेकजाँच सम्पन्न गरियो। सो क्रममा २२८ ओटा मोटरसाईकल ४८ ओटा मझौला सवारीसाधन चेकजाँच गरियो। सो क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको छ। त्यस्तै सो चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको थियो ।

कडायत हराएको दिनदेखीनै खोजीका लागी पुलिष प्रशासन र मिडीयामार्फत सुचना सम्प्रेषण गर्दा पनी आजसम्म फेला नपरेको र फेला पार्नुहुने महानुभाबले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरि सहयोग गर्नका लागी परिवारिक स्रोतले अनुरोध गरेको छ ।