राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा–६ मा वडा कमिटी गठन

मेचीकाली संवाददाता

२८ माघ २०७८, शुक्रबार
643 shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा–६ को प्रथम अधिबेशनबाट सागर बस्यालको नेतृत्वमा २९ सदस्य वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बीनि प्रदेश प्रमुख सुमन पुरिले युबासंघ नेपालले अहिले देशब्यापि रुपमा संघठन बिस्तार कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाएको बताए ।

आगामी बैशाखमा हुने स्थानिय तहको चुनाबलाइ लक्षीत गरि युबासघ नेपालले जिल्ला नगर हुँदै वडा कमिटिसम्मको बिस्तारको अभियानलाइ अगाडी बढाएको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिब यज्ञ गैरे, केन्द्रिय आयोजक कमिटी सदस्य कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष मनोज गौचन, नेकपा एमाले तिलोत्तमा नगरकमिटि अध्यक्ष तामनाथ पाण्डे, जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारी, कृष्ण कुमाल, रम्भा घिमिरेलगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नरु छन्त्यालको अध्यक्षयतामा सम्पन्न भएको थियो ।