‘नगरलाई समृद्ध बनाउन सञ्चारकर्मीको सुझाव आवश्यक’

मेचीकाली संवाददाता

२९ माघ २०७८, शनिबार
386 shares

पार्वती आचार्य
कपिलवस्तु । सञ्चारसँगको सहकार्यबाट विकास र समृद्धी हासिल हुने गरी काम गर्ने प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरुवा भई आएका पन्थिले सेवालाई छिटो छरितो र पारदर्शिता, सुशासनका लागि जोड दिने बताएका छन् । पन्थीले सेवालाई पारदर्शिता र दिगो विकासका लागि सुचना अधिकृतको व्यवस्था गरिएको बताए ।

शुक्रवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा नगरलाई सुशासन प्रवद्र्धन गर्ने कुरामा अधिकृत पन्थिले प्रतिवद्धता जनाएका छन् । उनले गुनासो सुनुवाई गर्ने व्यक्तिको समेत व्यवस्था मिलाईएको बताउँदै नगरलाई समृद्ध बनाउन सञ्चारकर्मीको सुझाव आवश्यक रहेको बताए ।
सञ्चार क्षेत्रको विकासका लागि आफु सकारात्मक रहेको बताउँदै मिडियासँगको समन्वयविना नगरको समृद्धि र विकास नहुने भन्दै पन्थीले आगामी दिनमा मिडियाकर्मीहरु सँगको समन्वयलाई निरन्तरता दिने बताउँदै पित पत्रकारिता नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नगरलाई खबरदारी गर्नुहोस् तर पित पत्रकारिता नगर्नू पन्थीको पत्रकारलाई सुझाव छ । भ्रामक र चर्चा पाउने भन्दा पनि नगरको विकास नगरबासीको हित हुने खालका विषयमा समाचार लेख्न उनको आग्रह छ । छलफलमा नगरबाट प्रदान हुने सेवा प्रबाह, राम्रा र सुधार गर्नु पर्ने कुराहरु, मिडिया हाउसका सञ्चालकससँगको समन्वय र सम्बन्ध विकास लगायतका बारेमा पन्थीले शुझाव लिएका छन् ।

यस्तै पत्रकारहरुको तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंग जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष भेषराज पाण्डे, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष विकास बञ्जाडे, सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे लगायतले जिल्ला र बाणगंगा नगरपालिकाका मिडियाको अवस्था, विकास, पत्रकारसँग नगरले अहिले सम्म गरेको समन्वय, समस्या, आगामी योजना, नगरमा छिटोछिटो हाकिम सरुवाको कारण ? नगरको राजस्वका बारेमा जिज्ञासा राखेका थिए ।

यस्तै बाणगंगा भित्र रहेका मिडिया हाउसहरुको विकासका लागि नगरले सहयोग पुर्याउनु पर्ने र बोर्डगाउँमा रहेको नेपाल पत्रकार महासंघको भवन आवासिय लुम्विनी प्रदेश स्तरिय प्रशिक्षण केन्द्र बनाउन लागिएकोले यसलाई विशेष सहयोग पुर्याउन आग्रह गरेका थिए । यसैगरी मेयर मंगलप्रसाद थारुले नगरको विकासका लागि प्रमुख प्रशासकिय अधिकृत पन्थीको सक्रियताको प्रसंसा गर्दै पत्रकारले राखेका सबालमा आफू सकारात्मक रहेको बताए । आफ्नो कार्यकाल अनुभवमै वित्न लागेको भन्दै उनले पत्रकारहरुसंग समय समयमा छलफल र अन्तरक्रिया गरिरहनु पर्ने बताए ।

नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षता, प्रशासन शाखा प्रमुख केशवराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव बाबुराम भट्टराई, कृषि शाखा प्रमुख लेष बहादुर केसी, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्थ, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, स्वास्थ्य शाखा अधिकृत भक्तीराम पाण्डे लगाएत दुई दर्जन बढी क्रियाशिल पत्रकारहरको उपस्थिती रहेको थियो । नगरपालिकाले अब छिट्टै जिल्लाका सम्पुर्ण पत्रकारसँग छलफल तथा अन्तरक्रिया गर्ने जानकारी दिएको छ ।