फुलबारीमा भोलिदेखि मूर्तिकला कार्यशाला

मेचीकाली संवाददाता

२९ माघ २०७८, शनिबार
574 shares

बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा माूर्तिकला कार्यशाला हुने भएको छ । पार्कलाई सौन्दर्यकरण र पर्यटकको आकर्षण बढाउन भोलिदेखि मूर्तिकला कार्यशाला हुँदैछ ।

आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको फुलबारीले यही फागुन १ देखि १६ गतेसम्म मुनामदन बाटिका राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको हो । देशभरका पर्यटकीय पार्कहरूको विकास र प्रवद्र्धन गर्न कार्यशाला आयोजना गरिएको मणिमुकुन्द सेन उद्यान (फुलबारी) का अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी दिए । मूर्तिकला कार्याशालामा राष्ट्रिय स्तरका करिब ३० जना दक्ष कलाकारहरुले १६ दिनसम्म मुनामदन बाटिकामा प्रेम प्रतिक झल्किने आकृतिका विविध मूर्तिहरु कुद्नेछन् ।

फुलबारी लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्त्व्यको रुपमा विकास भएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अहिले उकासिदै छ । कार्यशाला अवलोकनका लागि सबैलाई आह्वान गरिएको लुइटेलले बताए ।