भरुवा बन्दुकसहित दुई जना पक्राउ

मेचीकाली संवाददाता

२९ माघ २०७८, शनिबार
511 shares

कपिलवस्तु । बाणगंगा नगरपालिकामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । नगरको वडा नं २ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् ।

सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । वडा नं २ मा अवस्थित मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।