सियारीमा छात्राहरुलाई साइकल वितरण

मेचीकाली संवाददाता

२९ माघ २०७८, शनिबार
1204 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिका –३ हर्नैया स्थित जंगहत्था माध्यमिक विद्यालयका छात्राहरुलाई गुणस्तरीय शिक्षा प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको छ।

जंगहत्था माध्यमिक विद्यालयको आयोजना र सियारी गाउँपालिकाको सहयोगमा साइकल वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले शिक्षा नै हाम्रो ठुलो सम्पत्ति भएकोले शिक्षा आर्जनमा कोही पनि छुट्न नहुने बताए । गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले विद्यालयलाई अगाडि बढाउन हामी सबै जिम्मेवार भएकोले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने बताइन् । २०७४ सालको एसइईमा उत्कृष्ट ४ जना छात्रा, कक्षा ९ का १५ जना र कक्षा १० का १६ जनालाई साइकल वितरण गरिएको हो।

सियारी–३ का वडा अध्यक्ष घिसन अहिरको अध्यक्षता, विद्यालयका निमित्त प्रधानाध्यापक देवी कुमारी सोमैको स्वागत मन्तव्य, शिक्षक रमेशकुमार सिंहको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार श्रीराम यादव, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक उग्रसेन पासवान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।