प्रेस चौतारी पाल्पाको अध्यक्षमा कृष्ण कार्की सर्वसम्मत चयन

मेचीकाली संवाददाता

१ फाल्गुन २०७८, आईतवार
636 shares


नेत्र गैरे
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कार्र्कीको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । । जसको उपाध्यक्षमा बन्दना पोखरेल र बिष्णुप्रसाद घिमिरे चयन भएका छन् ।
यस्तै सचिव नारायण न्यौपाने, सहसचिवमा सन्तोष ज्ञवाली र धनबहादुर ठाडा र कोषाध्यक्षमा नेत्रप्रसाद गैरे चयन भएका हुन् ।
कार्यसमिति सदस्यहरुमामा रीमा सोमै, सुनिल कार्र्की, विजय वौडेल, सुवास विश्वकर्मा, शोभाकान्त पाठक, जनकराज भट्टराई, कृष्ण पौडेल तथा भुवन रायमाझी चयन भएका छन् ।
यस्तै मनोनित सदस्यमा डिल्लीराज पंगेनी र दिलबहादुर गाहा चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधि पदमा राजेन्द्र लिगल, रामप्रसाद न्यौपाने, केशवराज नेपाल र गीता ज्ञवाली चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा किरण कौशल, नरभुपाल विश्वकर्मा (मिलन) र बन्दना पोखरेल चयन भएको प्रेस चौतारी पाल्पाले जनाएको छ ।
अधिवेशनलाई संबोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले नेपाली नागरिकलाई रैतीबाट नागरिक बनाउन पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले निरंङकुशताको अन्त्य र प्रजातन्त्र प्राप्तीका लागि जनतालाई सजग र सचेत गराउने काम पत्रकारिता बाटै भएको बताए । पे्रस चौतारी नेपाल लुम्बिनी प्रदेश ईन्चार्ज शोभाखर पन्थीले मुलुक अहिले अस्थिरता तर्फ गैरहेकोले अहिलेको लडाई प्रतिगमनका बिरुद्ध चलिरहेको बताए ।
कार्यक्रममा चौतारीका पूर्व सचिव कृष्ण कार्कीबाट सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष टिकाराम बस्यालबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । यसै अवसरमा चौतारीबाट महासंघमा प्रतिनिधित्व गर्ने सदस्यहरु, अक्षयकोषदाता लगायतलाई सम्मान समेत गरिएको थियो ।