शान्ति सुरक्षा र सिमा अपराध नियन्त्रणमा सक्रिय बन्दै कपिलवस्तु प्रहरी

मेचीकाली संवाददाता

२ फाल्गुन २०७८, सोमबार
798 shares

सुनिल आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शान्ति सुरक्षा अमन चयनमा सक्रियता बढाउँदै गएको छ । प्रहरीको फरक योजना सहितको सक्रियताले जिल्लामा पछिल्लो समयमा अपराधिक घटनाहरुमा कमी हुँदै आएको छ । प्रहरीले महिनामा गरेका गतिबिधिहरु तथा कार्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दै आएको छ ।
यस आर्थिक वर्षमा भन्सार राजस्व तर्फ ६ करोड ६५ लाख ९२ हजार २ सय १३ रुपैंया र नदिजन्य पदार्थको राजस्व रु. १२ लाख ७७ हजार गरि ६ करोड ७८ लाख ६९ हजार २ सय १३ रुपैंया राजस्व संकलन गरेको छ । माघ महिनामा भन्सार तर्फ ४२ लाख ९६ हजार ४ सय १० रुपैंया राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
जसमा किरानामा रु १ लाख ७६ हजार ९ सय, मटर केराउ रु ५ लाख रुपैंया, सवारी साधनमा रु २१ लाख ११ एघार हजार ६ सय, लत्ता कपडा रु ४ लाख ३० हजार ९ सय १० रुपैंया , ईलेक्ट्रोनिक सामान रु ६ हजार , चल्ला, कुखुरा, माछा रु ३ लाख ५९ हजार रुपैंया राजस्व असुली भएको छ । यसैगरी गाई, गोरु रु १ लाख ७० हजार र नदी जन्य पदार्थमा रु ५ लाख ४२ हजार राजस्व असुलि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्कीले मासिक पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैगरी चालु आर्थिक बर्षमा जम्मा फरार प्रतिवादी पक्राउ संख्याः ५ सय ८२, मृत्यु भई मुचुल्का सहित पेश गरेको ५३ जना गरि जम्मा ६ सय ३५ जनाको लगत कट्टा गरिएको छ । २ सय ६ वर्ष ४ महिना ६ दिन कैद असुलउपरमा रु. ३२ लाख ४७ हजार १ सय १७ रुपैयाँ जरिवाना असुली भएको एसपी कार्कीले बताए ।
माघ महिनामा झुण्डी आत्म हत्याका ८ वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ जना तराई समुदायका र २ जना पहाड समुदायका छन् । बिस सेवन गरी २ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै लागु औषध ब्राउन सुगर ६.९३० ग्राम सहित जना १० जना र नाईट्राभेट १ सय ट्याब्लेट स्पास्मो ५३६ क्याप सहित ३ जना गरी १३ जनालाई पक्राउ गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका एसपी दान कार्कीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
प्युठान जिल्ला तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाऊँपालिका वडा नं ६ तोरवाङ बस्ने भेडीगोठ बाखा फार्म प्रा.लि.चित्लाङ, मकवानपुर, कामधेनु गाई फार्म प्रा.लि.खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रा.लि. झिमरुक प्युठान, प्रिंस कन्ट्रक्सन प्रा.लि. का.म.पा.–३२ काठमाडौँ, गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको प्रोपाईटर बताउँदै आएका थिए ।
देशैभर ठगीगर्दै आएका ४१ बर्षीय ईश्वरी प्रसाद पोख्रेललाई कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका चन्द्रौटा स्थित चेकपोष्ट अगाडी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०१–०२६च ४००१ नं. को कार चेकगर्दा वडा प्रहरी कार्यालयको टोलिले पक्राउ गर्न सफल भएको छ । पोख्रेलले करोडौ ठगी गरेको बिषयमा थप अनुसन्धान भैरहेको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
यस्तै माघ महिनामा घरेलु हिंसाको र कारवाहीको अवस्थालाई हेर्ने हो भने जिल्ला भर २ सय २४ उजुरी परेकोमा १ सय ४७ मिलापत्र भए भने ७७ उजरी मिलापत्र हुन बाँकी रहेको छ । जातीयताको आधारमा हेर्ने हो भने सबै भन्दा मधेशी, दलित, मुश्लिम र जनजातीका उजुरीहरु बढी आउने गरेका छन् । पालिकाको स्तरमा हेर्दा घरेलु हिंसाका उजुरीहरु सबै भन्दा बढी बाणगंगा नगरपालिकामा र सबै भन्दा कम महाराजगंज नगरपालिकामा उजुरी दर्ता भएको तथ्यांकमा छ । धेरै जसो घरायसी झैझगडाका उजुरीहरु दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस महिनामा ३ हजार ८ सय २५ गस्ति गर्दा ७२ हजार ७ सय ६० किलोमिटरको दुरीमा गस्ति गरेको छ । फरार प्रतिवादीको खोजीलाई निरन्तरता, लामो दूरीको गस्ती, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने र कार्यालयको अभिलेख ब्यबस्थापनलाई जोड दिईने , बिभिन्न समुदायलाई लक्षित गरेर जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।
पुराना फर्छ्यौट हुन बाँकि पेन्डिङ मुद्दा अनुसन्धान÷कारवाहि, सिमा अपराध नियन्त्रणका लागि सिमा क्षेत्रमा एलआरपी तथा प्रहरी क्रियाकलापमा बृद्दि गराई सूचना संकलन गरिने । आउँदै गरेको स्थानिय चुनावलाई केन्द्रित गरि सुरक्षा संबेदनशिलताका संबन्धमा थप सुचना संकलन गरिने योजना रहेको एसपी कार्कीले बताए ।
नेपाल सरहदको कपिलवस्तुमा गुड्ने गरेका भारतिय नंबर प्लेटका मोटरसाईकलहरुको भन्सार गराउन आवश्यक कदम चालिने, सडक बिस्तारको क्रममा कपिलवस्तुको तल्लो भेगका विभिन्न स्थानमा हटाईएका सिसिटिभी क्यामेराहरु क्रमश पुनः जडान गरिने छ । साथै प्रहरी कर्मचारीहरूलाई एपीपीएसमा आवद्ध गराई कार्यालयको आवश्यक सुचना आदान प्रदान गरीने, फरार प्रतिवादीहरूको खोजी कार्यलाई निरन्तरता दिईने, जनचेतनामुलक कार्यक्रमहरूलाई निरन्तरता दिईने, लामो दुरीको गस्ती बढाईने । यसैगरी अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ तथा चि एक्टिभ प्रहरी गतिविधी बढाईने र कार्यालयको अभिलेख व्यवस्थापनलाई जोड दिईने आगामी लक्ष्य तथा योजना रहेको डिएसपी भण्डरीले जानकारी दिए ।