बाणगंगाका किसानलाई मेशिननरी उपकरण वितरण

मेचीकाली संवाददाता

३ फाल्गुन २०७८, मंगलवार
483 shares

रामबहादुर गन्धर्व
बाणगंगा । कपिलवस्तुको बाणगंगा लक्ष्मणघाट स्थित कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेवा क्षेत्रका कृषकहरूलाई मेशिनरी उपकरण बितरण गरेको छ ।

कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र नेपाल लाइभस्टक सेक्टर बिकेन्द्रीकृत इकाई बुटवलको सहयोगमा स्थानिय कृषकहरूलाई व्यवस्थित पशुपालनका लागि २२ जना किसानहरूलाई २ वटा भैंसी बराबर १ थान काउम्याट, १/१ वटा कटर च्याप मेशिन हस्तान्तरण गरिएको हो ।

पशुपालनका लागि आधुनिक उपकरण पाएपछि किसानहरू खुशि भएका छन् । कार्यक्रममा पशु भेटेनरी अस्पताल विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख उत्तम आचार्य सहित वडा न.६ का वडा अध्यक्ष सुकदेव थारू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका प्रमुख आचार्यले आफुहरूले पशुपालक किसानहरूको लागि विभिन्न योजनागत कार्यहरू सञ्चालन गरिरहेको बताए । साथै उनले किसानहरू आधुनिक पशुपालन प्रणालीमा रूपान्तरण हुनुपर्ने पनि बताए ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष सुकदेव थारूले वडागत बजेटबाट आफुहरूले पनि वडाका कृषकहरूलाई पशुपालनमा कृषिलाई आधुनिकरण गर्नका लागि बजेट उपलब्ध गराउँदै आएको बताए । संस्थाका सचिव रामचन्द्र मरासिनीले कार्यक्रमको उदेश्य माथि पारेको उक्त हस्तान्तरण कार्यक्रम ठाकुर प्रसाद पोख्रेलको अध्यक्षता, हुमनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।