बुटवलमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, एकजना घाइते

मेचीकाली संवाददाता

३ फाल्गुन २०७८, मंगलवार
270 shares

बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान बुटवल–१२ मिलनचोकमा तीन जना सवार लु ६० प ३६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफीक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका रुपन्देहीको गंैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको खाँणले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक गंैडहवा गाउँपालिका–९ कै २१ वर्षीय बिमल रानाको प्रादेशीक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।