तरुण दल र नेविसंघद्धारा विपन्न परिवारलाई सहयोग

मेचीकाली संवाददाता

३ फाल्गुन २०७८, मंगलवार
464 shares

कपिलवस्तु । नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा गरिब तथा विपन्न परिवारलाई सहयोग गरि मनाएका छन् । दिवसको अवसरमा ‘सामाजिक कार्यमा हाम्रो अभियान’ भन्ने अभियानलाई सार्थकता दिदैं नेपाली कांग्रेसका दुई भातृसंगठनले गरिब तथा विपन्न परिवारलाई सहयोग गरि मनाएका हुन् ।

बाणगंगा नगरपालिका वडा नं.५ कोपवा निवासी अति बिपन्न सङ्गै शारीरिक अशक्तता अपाङ्ग भएका घिराउ थारु, थौली थारू, गुडिया थारू र फुल कुमारी बिश्वकर्माको परिवारलाई लत्ताकपडासहित खाद्यान्न सामग्री प्रदान गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

दाल, चामल, तेल, नुन, स्वाबिन, सिरक, डसना लगायतका करिब ४० हजार बराबरको सामग्री हस्तान्तरण गर्दै प्रदेश स्थापना दिवस मनाएको नेपाल तरुण दल कपिलवस्तुका सभापति तथा नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए ।

कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दलले सधैंझै बिपन्न परिवारको दुखमा मलम लगाउने र उनिहरुको सुखदुःखमा सारथी बनेको बताउँदै समाजमा नेतृत्व गर्नेले हरेक बर्ग जातिको समस्या बुझेर सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । यस्तै नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले समाजमा रहेका हरेक ब्यक्तिहरु कोहि पनि बिपन्नताबाट गुज्रिन नपरोस् भन्ने उद्देश्यले निरन्तर सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा सेन, जिल्ला समन्वय समितीका उपप्रमुख तारावती चौधरी , बाणगङ्गा नगर सभापति बिष्णु थापा, वडा नं.४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेकबहादुर शाही, नेपाली कांग्रेसका नेता ज्ञानु कार्की, दिर्घ भुसाल, सचिव सुर्य बराल, सदस्य पदम प्रताप सेन, वडा सचिव दिपेन्द्र बिसि लगायतको उपस्थितिमा उक्त परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा सेन, वडाध्यक्ष गणेश क्षेत्री, नगर सभापति बिष्णु थापा, जिल्ला समन्वय उपप्रमुख तारावती चौधरी लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन ज्ञानु कार्कीले गरेका थिए ।