कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

मेचीकाली संवाददाता

४ फाल्गुन २०७८, बुधबार
667 shares

कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गरेका छन् ।

कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिनेगरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नवीकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट इजाजतलगायतको सेवा दिइने छ । सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री यादवले कार्यालयको लागि आवश्यक पर्ने जग्गा, भौतिक पुर्वाधार निर्माण, जनशक्ति र बजेट व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री ढेंगामगरले संघीयताको मर्मअनुसार सरकारी सेवालाई विकेन्द्रीत गरी नागरिकको घर दैलोमा पु¥याउने उद्देश्यले मन्त्रालयले सेवा कार्यालय विस्तार गरेको बताइन् ।
यसअघि नवलपरासीको रामग्राम नगरपालिका–४ मा पनि सेवा कार्यालय सञ्चालनमा आइसकेको र अब छिट्टै पाल्पामा सेवा विस्तार गरिने जानकारी दिँदै मन्त्री ढेंगाले अब बुटवल र भैरहवा धाउनुपर्ने वाध्यता अन्त्य भएको बताइन् ।

कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर लालश्रीवास्तव, श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यलगायतले आगामी दिनमा सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणसमेतको सेवा दिने गरी योजना बनाउन सुझाव दिएका थिए ।