रास्ट्रिय युवा संघ सियारीको अध्यक्षमा रिजाल

मेचीकाली संवाददाता

६ फाल्गुन २०७८, शुक्रबार
435 shares

तुलसीराम पौडेल
सियारी । रास्ट्रिय युवा संघ नेपाल सियारी गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा अर्जुन रिजाल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि उपाध्यक्षमा गोपाल न्यौपाने, सचिवमा लक्ष्मी विक, कोषाध्यक्षमा कृष्ण मोहन यादव, सह सचीवमा चन्दकेश यादव, शम्भु भट्टराई र निकास पुन सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा निशा ठाकुर, राजु भर, माया थारु, दिनेश कार्की, थानेश्वर भुसाल, विजय कुमार केवट, इन्दु रिजाल, टीका पौडेल, रमेश चौधरी, विकास गौतम, प्यासु दिन अन्सारी, नइन अन्सारी, प्रेमकिशोर यादव, पुर्णिमा खरेल, शिल्पा कुमारी साहनी, सम्साद अलि अन्सारी, खडक कुँवर, अजय भट्टराई, रेणु थापा मगर, रिमा पुन, राकेश कुर्मी, अब्दुल हाकिम, चन्द केस यादव, प्रमोद यादव, कृष्ण कुमार दुबे, नुर जहाँ खातुन, मान्ती कुर्मी, उदयराज यादव, विनोद कुमार यादव, विशाल कुवर, सनी पोख्रेल, राजन बन्जाडे, सन्दिप पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा एमाले पोलिटब्युरो सदस्य रास्टिय युवा संघ नेपालका इन्चार्ज एवं पुर्व मन्त्री महेश बस्नेतले युवाहरूलाई स्वार्थ अनुरुप प्रयोग नगरी युवाहरूलाई पार्टिले अनुभव र क्षमताको आधारमा आवश्यक जिम्मेवारी दिइने बताए । पाँच दलको गठबन्धनद्वारा एमालेविरुद्ध एमसीसीको एम्बुस बिछ्याइएको उनले बताए । एमाले विरुद्धको त्यो एम्बुस गठबन्धन विरुद्ध नै पड्किने उनको भनाइ थियोे ।

एमसीसीमा एमालेले भोट हाल्दिनुपर्ने अनि उनिहरु एमालेविरुद्ध लाग्ने षड्यन्त्र सफल हुन एमालेले नदिने उनले बताए । एमाले विरुद्ध जस्तो सुकै अप्ठ्यारा परिस्थिति सिर्जना गरेपनी एमालेले चिर्दै जाने बताए । कार्यक्रममा रास्ट्रिय युवा संघ केन्द्रीय कार्यालय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरी, रास्ट्रिय युवा संघ जिल्ला कमिटी संयोजक मनोज गौचन, रास्ट्रिय युवा संघ केन्द्रिय सदस्य किरण नेपाल, सियारी गाउँपालिका अध्यक्ष एवं पार्टीका पुर्व जिल्ला कमिटी सचिवालय सदस्य अयोध्या प्रसाद थारु लगायतले शुभकामना मन्तव्य राखेका थिए । खेमराज गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रकाश रेग्मीले गरेका थिए ।