व्याडमिण्टन प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

६ फाल्गुन २०७८, शुक्रबार
457 shares

सुनिल आचार्य
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा व्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता जिल्ला व्याडमिण्टन संघ कपिलबस्तुको समन्वय तथा कपिलबस्तु नगरपालिका वडा नं. १ को सहयोगमा भएको हो ।

उक्त प्रतियोगितामा आठ वठा टिम सहभागि भएका थिए । जसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नारायण दल गोरुसिंगे, निजामति कर्मचारी संघ, व्याडमिण्टन संघ र कपिलबस्तु नगरपालिकाको २ वटा टिमले भाग लिएका थिए । जसमा जिल्ला प्रहरी कार्यालय प्रथम, जिल्ला प्रशासन कार्यालय दोस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम र द्वीतिय भएको टिमलाई कप, मेडल, प्रमाण पत्र प्रदान गरिने व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्वीतिय भएको टिमलाई कप, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको प्रमुख अतिथ्यतामा भएको थियो ।

यसैविच प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधिहरु विच मैत्रीपुर्ण फुटवल प्रतियोगिता समेत संम्पन्न भएको छ जसमा कर्मचारीको टिम २÷१ गोल अन्तरले विजयी भएको छ । दिवस अन्र्तगत शनिबार विहान प्रशासन चोकमा मास्क वितरण र ९ बजे समापन समारोह हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।