लायन्स क्लवद्धारा स्थापना दिवसमा खाद्यान्न बितरण

मेचीकाली संवाददाता

९ फाल्गुन २०७८, सोमबार
666 shares

पार्वती आचार्य
कपिलवस्तु । लायन्स क्लव अफ बाणगंगाले दोश्रो स्थापना दिवसको अवसरमा खाद्यान्न बितरण गरेको छ । लायन्स क्लवले स्थापना दिवसको अवसरमा बाणगंगा नगरपालिका वडा नं. २ बैजलपुरका अति विपन्न ४ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । मानव सेवामा समर्पित सहकार्य अभियानमा जुटेको लायन्स क्लवले विपदमा खाद्यान्न भन्ने नाराका साथ अभियान संचालन गर्दै आएको छ ।

खाद्यान्न हस्तान्तरण गर्दै लायन्स क्लव अफ बाणगंगाका चार्टर्ड प्रेसिडेन्ट रमेस चन्द्र भुसालले स्थापना दिवसमा संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी दिएका थिए । साथै दिवसमा अति विपन्न परिवारलाई छनोट गरी खाद्यान्न हस्तान्तरण गर्दा विपन्न परिवारका लागि साँझ बिहानको समस्या समेत समाधान हुने भएको हुँदा एक परिवारलाई ५० किलो चामल र नुन लगाएतको सामाग्री हस्तान्तरण गरिएको चार्टर्ड प्रसिडेण्ट भुषालले बताए ।

कार्यक्रममा फस्ट भिपी खुमानन्द घिमिरे, सेकेण्ड भिपी मनोज कुमार खत्री, बिपदमा खाद्यान्न कार्यक्रम संयोजक खिमानन्द पौडेल (कोपिल), अन्य लायनहरु चन्द्रकान्त पोख्रेल, राजेन्द्र अर्याल, ग्यान रामु न्यौपाने लगाएतको उपस्थिती रहेको थियो । खाद्यान्न हस्तान्तरणमा नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा नं. २ का सभापती हिम बहादुर कार्की लगाएतका व्यक्तीत्वहरुको समन्वय रहेको बिपदमा खाद्यान्न कार्यक्रम संयोजक खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिए ।