भाउजूको हत्या आरोपमा देवर पक्राउ

मेचीकाली संवाददाता

९ फाल्गुन २०७८, सोमबार
519 shares

कपिलवस्तु । कपिलवस्तुमा बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१० की ६० वर्षीया यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका खनुसार यौन क्रियाकलापमा असहमती जनाएपछि यशोदाको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि पत्नी माइती गएको समयमा भाउजूको हत्या गरेका हुन् ।

गत मंसिर १० गते राति शम्भु यशोधाको घरमा गएको र मृतकसँग सहमतिमै शारीरिक सम्पर्क राखेको र पुनः शारीरिक सम्पर्क राख्न खोज्दा उनले ईन्कार गरेपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय के–नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याई परिचालन गरिएको थियो । आरोपीत बिरुद्ध फागुन ८ गते जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।