अति बिपन्न एकल महिलाहरुका लागि ब्लाङ्केट बितरण

मेचीकाली संवाददाता

९ फाल्गुन २०७८, सोमबार
327 shares

पार्वती आचार्य
कपिलवस्तु । मानव अधिकारका लागि महिला एकल महिला समूह कपिलवस्तुको आयोजना तथा डब्लु एच आर केन्द्रिय कार्यालयको सहयोगमा अति बिपन्न ३३ जना एकल महिलाहरुलाई ब्लाङ्खेट बितरण गरिएको छ । विपन्न एकल महिलाहरुलाई केही सहज होस भन्ने उद्देश्यले जिल्लाका अति विपन्न महिलाहरुलाई छनौट गरी ब्लाङ्केट बितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले मानव अधिकारका लागि महिला एकल महिला समूहले विपन्न एकल महिलाहरुका लागि पुण्यको कार्य गरेको बताए । चिसो मौसममा विपन्न परिवारको दैनिकी कष्टकर हुने भएको हुँदा यो न्यानो कपडाले उनिहरुको परिवारमा ठुलो राहत मिल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिए । मेयर थारुले विपन्न एकल महिलाहरुका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले विपन्न बर्गका महिलाहरुका लागि सहयोग गर्नु नै पुण्यको कार्य भएको बताईन् । संस्थाले विपन्न एकल महिलाको समस्याहरुको मर्मलाई बुझेर सहयोग जुटाई न्यानो ब्लाङ्केट बितरण गरी विपन्न एकल महिलाहरुलाई यसरी नै आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरिन् । साथै महिला बालबालिका शाखाबाट पुर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाईन् ।

अतिथी सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीले विपन्न महिलाहरुका लागि सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिईन् । सहभागिको तर्फबाट हरिकला कंडेलले आयोजक संस्थालाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि विपन्न एकल महिलाका समस्याहरुलाई बुझेर सहयोग गर्न अनुरोध गरिन ।

मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष रुपा देवी राई गुरुङको अध्यक्षतामा संस्थाका उपाध्यक्ष टिका देवी अधिकारीको स्वागत तथा सचिव सोभा आचार्यको संचालनमा सिद्धार्थ सामाजिक बिकास केन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।