

बुटवल । लायन्स क्लब अफ रुन्देहीको आयोजनामा लायन वर्ष २०२२/२३ का लागि डिस्टिक ३२५ ‘पि’ मा नवनिर्वाचित नेतृत्वलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न निर्वाचनमा निर्वाचित भएका डिस्ट्रिक गभर्नर पिएमजेएफ नवराज न्यौपाने, फस्ट भाइस डिस्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैजु, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन पुरुषोतम भक्त प्रधानाङ्गलाई सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता, हालै निर्वाचित डिस्ट्रिक गभर्नर पिएमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता, फस्ट भाइस डिस्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैजु, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन पुरुषोतम भक्त प्रधानाङ्ग, पुर्व अध्यक्ष लायन बालाराम भट्टराई, महेन्द्र नारायण श्रेष्ठ, सुर्य बहादुर भट्टराई, लायन सन्दिप कसौधन, असोक खरेल, क्लबका पूर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख आतिथी न्यौपानेले आफ्नो नवनिर्वाचित टिमलाई लायन्स क्लब अफ रुपन्देहीले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै ‘मेरो क्लब बलियो क्लब’ भन्ने मुल नाराका साथ आगामी काम गर्ने बताए । क्लबलाई बलियो बनाउन सकियो भनेमात्रै काम गर्न सहज हुने बताउँदै आफु नेतृत्वमा रहँदासम्म आफ्नो लागिभन्दा पनि क्लबलाई राम्रो बनाउन लागिरहने प्रतिवद्धता जनाए । लायन्स क्लबले सामाजिक क्षेत्रमा काम गर्ने भएकाले आगामी दिनमा परिणाममुखी काम गरेर क्लबको नाम र गरिमालाई सधैँ उचाइमा राख्ने दावि गरे ।

त्यस्तै कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा डिस्ट्रिक को–चिफ एडभाइजर डायमन्ड स्टार बालाराम भट्टराईले नयाँ टिमलाई सफल कार्याकालको शुभकामना दिँदै हालै सम्पन्न भएको दशौँ अधिवेशनमा आफु झिनो मतान्तरले पराजीत भएपनि आफु क्लबले गर्ने हरेक सामाजीक काममा सधैँ सँगै रहने बताए । ‘लायन्स क्लब अन्तर्राष्ट्रियको नेतृत्व जन्माउने र जिम्मेवारी हस्तान्तरण गर्ने सुन्दर परम्परा अनुसार स्वच्छ प्रतिष्प्रधात्मक एवं प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चुनिने क्रममा केही समय पर्खने म्यान्डेट प्राप्त भएको छ । यसलाई पूर्ण स्वीकार गर्दै मानवीय सेवा र समाज सेवामा सदैव समर्पित भैरहने छु ।’ उनले भने ।

निर्वाचनमा हारजीत सामान्य कुरा भएको उल्लेख गर्दै भट्टराईले नयाँ नेतृत्वलाई उचित जिम्मेवारी सहित सबैलाई समेटर अगाडि बढ्न सुझाव दिए । आफ्नो कार्याकालमा रचनात्मक काम गरेर डिस्ट्रिकको शिरलाई अझै उचाइमा पु¥याउन आग्रह गर्दै नयाँ बन्ने डिष्ट्रिकलाई हामी सबैको हो भन्ने भावनामा सहयोगी बन्न आफु प्रतिबद्ध रहको भट्टराईले बताए । ‘हामी समाजसेविका हस्ती भएकाले आफ्नो जिम्मेवारी पुरा गर्न सधैँ प्रतिवद्ध हुनुपर्छ ।’ उनले भने ।
समयलाई ख्याल गर्दै आफ्नो दैनिक क्रियाकलापसँगै सामाजिक कामलाई पनि निरन्तरता दिनुपर्ने उनले बताए । क्लबलाई विस्तार गर्दै नयाँ डिस्ट्रिकलाई बलियो बलियो बनाउन तन, मन, धनका साथ आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मानविय सेवाका काममा सक्दो सहयोग पु¥याउने र डिस्ट्रिकको छविलाई अझ उचाइमा पु¥याउन आफु सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

साथै उनले सोही कार्यक्रममा सचिवालय निर्माणका लागि एक लाख ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । आफुले सुरु गरेको यो अभियानमा सबैले साथ दिँदै यसलाई सफल बनाउन भट्टराईले आग्रह गरे । नयाँ खोलिने क्लब र खोलिएका क्लबहरुको वृद्धि विकास र क्षमता अभिवृद्धीका लागि तालिम सञ्चालन गर्नुपर्ने, क्लबमा सदस्यता वृद्धिमा उत्साहीत गर्ने खालका कार्यक्रमसँगै घर फर्क अभियानलाई प्राथमीकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
सन् २००८ मा लायन्स क्लबमा सदस्यता लिएर विभिन्न पदमा रहेर निरन्तर सक्रिय भई बिभिन्न सामाजीक कामहरु गर्दै थुप्रै योगदान पु¥याएका भट्टराईले चिन, थाइल्याड, भारत, मलेसिया, सिङ्गापुर, अमेरिका, इन्डोनेसिया, साउथ कोरीया, साउथ अफ्रिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेल्जीयम, फान्स, इटाली, स्विजरल्याण्ड, स्पेनलगायतका देशमा भ्रमण गरिसकेका छन् ।

कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैजु, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन पुरुषोतम भक्त प्रधानाङ्ग, पुर्व अध्यक्ष लायन महेन्द्र नारायण श्रेष्ठ, वर्ष २०२१/२२ का अध्यक्ष रामप्रसाद पौडेल लगायतले बोल्दै क्लबलाई बिस्तार गर्दै यसको गरिमालाई उचो राख्न आआफ्नो ठाउँबाट सबैजना सक्रिय भई लाग्नुपर्नेमा जोड दिए । फस्ट भिपी किरण ज्ञवालीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममको सञ्चालन लायन गुणाखर बञ्जाडेले गरेका थिए ।