सुजुकी सेलेरियो कारको बुटवलमा बिक्री सुरु

मेचीकाली संवाददाता

११ फाल्गुन २०७८, बुधबार
351 shares

बुटवल । बहुप्रतिष्ठित सुजुकी सेलेरियो कार अटोमार्ट इन्टरनेश्नल प्रा.लि बुटवल कालिकानगरमा बिक्री सुरु भएको छ । यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार रहेको कम्पनीले दाबी गरेको छ । सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ खर्च, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ ।

‘सेलेरियो नेपाली बजारमा रुचाइएको सवारी हो । राम्रो माइलेज दिने, सुरक्षा र धेरै फिचर रहेको छ। नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ’, सीजी मोटोकर्पका जि.एम सिराज पन्तले भने । यो कारमा नेपालको सर्वाधिक माइलेज २६.६८ प्रतिलिटर रहेको छ । भने, पावर विन्डो, स्टेरिङ माउन्टेन्ड अडियो कन्ट्रोल, इलेक्ट्रिक फोल्डेवल मिरर, पुस स्र्टाट बटन, आइडियल स्र्टाट स्टप बटन उपलब्ध छ ।

सेलेरियो भीएक्सआई २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआई २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लस ३१ लख ९९ हजार रुपैयाँ तोकिएको र ६ वटा रङमा उपलब्ध भएको अटोमार्ट इन्टरनेश्नल प्रा.लिका प्रबन्ध निर्देशक देवेन्द्रराज पौडेलले जानकारी दिए ।