मायादेवी गाउँपालिका र राष्ट्रिय भुमी आयोगबिच सम्झौता

मेचीकाली संवाददाता

१२ फाल्गुन २०७८, बिहीबार
562 shares

मायादेवी । रुपन्देहीको मायादेवी गाउँपालिका र राष्ट्रिय भुमी आयोग काठमाडौं बिच सम्झौता भएको छ।

मायादेवी गाउँपालिकाका करिब १ हजार घरधुरीले पुर्जा पाउने कार्य अगाडि बढ्ने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा डाटा इन्ट्री गर्ने र निस्सा वितरण गरिने भएको छ।

गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण तिमिल्सिना र नेपाली काङ्ग्रेस मायादेवीका सभापति पदम भण्डारी लगायतको उपस्थिति रहेकोे थियो।