बाणगंगा नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र अभियान शुरु हुने

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७८, शनिबार
395 shares

पार्वती आचार्य
कपिलवस्तु । सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी पञ्जीकाधिकारीहरु बीच भएत्र निति अन्र्तरगत कपिलवस्तुका नागरिकका लागि परिचयपत्र बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताएका छन् । यस अगाडी जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको परिचयपत्रको टोली अव गाउँ गाउँमा जाने भएका छन् ।

को अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले राष्ट्रिय परिचयपत्रका लागि सोमबार देखि बाणगंगा नगरपालिकाका वडाहरुमा शिविर संचालन गर्ने बताए । उनले यस अभियानमा कोहि पनी नछुटन आग्रह गर्दै बाणगंगा नगरबाट संचालित घुम्ति टोली क्रमश अन्य नगर तथा गाउँपालिका पुग्ने जानकारी दिए ।

नगरपालिकाको वडा वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन सोमबारबाट गरिने भएकाले प्रत्येक व्यक्ति आफ्नै गाउँको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गरेका छन् । अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै प्रजिअ पाण्डेले व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको बताए । नेपाली नागरिकता प्राप्त गरिसकेका नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गरिएको छ ।

यो आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तर सम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने छ । व्यक्तिगत परिचय नम्बर उल्लेख हुने र परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औँठाको छाप, फोटो तथा आँखाको नानीको तस्बिर सहितको सूचना सङ्कलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्कलनको काम गरिने समेत बताएका थिए ।

यसैगरी बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले राष्ट्रिय परिचयपत्र नागरिकको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने बताए । यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थीले राज्यले दिने सम्पूर्ण सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याइएको बताए । सो कार्य सम्पन्न गर्नका लागि आईतबारबाट देखि नै तयारी अवस्थामा बसेर सोमबार देखि काम शुरु गरिने भएको हुदाँ वडा सचिवहरुलाई तयारीमा लाग्न निर्देशन दिएका छन् ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल , उपमेयर चक्रपाणी अर्याल , कार्यपालिका सदस्यहरु , वडा अध्यक्षहरु , शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई र स्थानिय पंजीकाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाका प्रशासन शाखा अधिकृत केशव राज भट्टराईको संचालनमा बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।