कृष्णनगरका किसानलाई प्रोत्साहन गर्न सधै तत्पर

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७८, शनिबार
548 shares

कपिलवस्तु । बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/०७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेतीमा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ ।

बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषकलाई लहरेबाली सम्बन्धि बिउ, विभिन्न प्रकारका बिषाधी, कम्पोस्ट मल तथा अटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिकाका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्यले जानकारी दिए । नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चन्द राम चौधरी, वडा अध्यक्ष तुङ नाथ चौधरी लगायतको उपस्थितमा सामग्री वितरण गरिएको थियो ।

यस्तै कृष्णनगर नगरपालिकाले कृषि पेशामा रहेका कृषक लाई विभिन्न समयमा फलफूल विरुवा वितरण, पानी तान्ने पम्पसेट वितरण, गहुँको बिउ, धानको बिउ, तरकारी को बिउ, अटोमेटिक स्प्रे टंकी, तरकारी खेतीमा अनुदान, बाली संरक्षण सेवा बर्षभरी लगायतको कार्यक्रमहरू गरेर नगर भित्रका कृषक लाई प्रोत्साहित गरिएको बताए ।

कोभिड १९ को संक्रमणको समयमा लकडाउनको अवस्थामा समेत कृष्णनगरका कृषक लाई बिउ विजन ल्याउन सहज गराएइएको साथै आफू नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने बताए ।