हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७८, शनिबार
1756 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा गठन भएको बाल अधिकार चेतना समुह बाणगंगा नगरपालिका वडा नं. १ स्थित बालमावि बैरियाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

बिद्यार्थीहरुको क्षमता बृद्धि गर्न सकुन र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले इन्सेकको सहयोग तथा बाल अधिकार चेतना समूहको आयोजनामा यो प्रतियोगिताको आयोजना गरिएको बाल अधिकार चेतना समूहका अध्यक्ष प्रसान्त खनालको जानकारी दिए।

प्रतियोगितामा सात समूहबाट २१ जना बिद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा अमित आचार्यको समूह प्रथम भएका छन । यसै गरि सबिना बेल्बासेको समूह द्धितिय र शर्मिला बलालको समुह तृतिय भएका छन ।

कार्यक्रममा प्रमुख अतिथी मानव अधिकार समूहका उपाध्यक्ष ईन्दिरा पन्थ र बाल अधिकार चेतना समूहका अध्यक्ष प्रशान्त खनालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय स्थानमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुको क्षमता विकासका लागी गरिने अतिरिक्त कृयाकलापका लागी इन्सेकले बालअधिकार चेतना समुहलाई सहयोग गर्दै आएको ईन्सेक सहजकर्ता पार्वती आचार्यले जानकारी दिईन् ।

प्रतियोगिता समूहका अध्यक्ष प्रशान्त खनालको अध्यक्षता, संरक्षक शिक्षक ओम प्रकाश घिमिरे, शिक्षक मोहन घिमिरे, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु र समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भने बालअधिकार चेतना समुहका सचिव अरुण बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।