पेस्टाको आयोजनामा अन्तर विद्यालय व्याडमिन्टन तथा भलिबल प्रतियोगिता

मेचीकाली संवाददाता

१४ फाल्गुन २०७८, शनिबार
259 shares


तुलसीराम पौडेल
फर्साटिकर, फाल्गुन १४

निजी अङ्ग्रेजी विद्यालय शिक्षक सङ्गठन ( पेस्टा) रुपन्देहीको आयोजनामा १२ औं अन्तरविद्यालय शिक्षक भलिबल रनिङ्गशिल्ड प्रतियोगिता तथा महिला शिक्षक डबल ब्याडमिन्टन प्रतियोगिता रुपन्देहीको शुद्दोधन -२ हिरापुर स्थित शुद्दोधन इङलिस स्कुलमा शनिबार देखि शुरु भयो।शुद्दोधन इङलिस विद्यालय व्यवस्थापन समिती अध्यक्ष बुद्दी बहादुर खत्रीले कार्यक्रमको उदघाट्न गर्नुभएको थियोे ।
पेस्टा रुपन्देहीका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शुद्दोधन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खत्रीको प्रमुख आतिथ्यता,रेप्सा रुपन्देहीका अध्यक्ष कमल पौडेल र शुद्दोधन इङलिसका प्राचार्य विशाल चौधरीको विशिस्ट आतिथ्यतामा कार्यक्रम शुरु भएको हो।
प्रतियोगितामा १२ वटा विद्यालयहरुले भाग लिएका छन् ।
पेस्टा अन्तरगत २४ वटा विद्यालयहरु रहेका छन् ।
पेस्टा रुपन्देहिका बरिस्ठ उपाध्यक्ष केशव ज्ञवालिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रकाश रेग्मीले गर्नुभएको थियोे ।प्रतियोगिता फाल्गुन १५ गते समापन हुने पेस्टाले जनाएको छ।