नेपाल निजामती कर्मचारी संगठन वाणगंगाको अध्यक्षमा पाण्डे

मेचीकाली संवाददाता

१६ फाल्गुन २०७८, सोमबार
779 shares

पार्वती आचार्य
कपिलवस्तु । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल निजामती कर्मचारी संगठन वाणगंगा नगर इकाई गठन भएको गरिएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न भेलाले दिपक पाण्डेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

जसको उपाध्यक्षमा सरस्वती भण्डारी, सचिवमा सुवास अर्याल, सह–सचिवमा राधा गौतम, कोषाध्यक्षमा महेश भट्टराई चयन हुनुभएको छ भने सदस्यहरुमा लक्ष्मी पौडेल भट्टराई, तेज बहादुर सोमै, मिना वि.सी., कृष्ण गौतम, राजेन्द्र भण्डारी र भगवती आचार्य चयन हुनुभएको छ ।

अध्यक्ष भएसंगै पाण्डेले संघ प्रदेश र स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष पाण्डेले सम्पुर्ण निजामती कर्मचारीहरुको प्रशासनिक संघियता सफल पार्न आफ्नो अहम भूमिका रहने बताउनुभयो । पाण्डेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै संगठनलाई बलियो र मजबुत बनाउने संकल्पका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुका जिल्ला उपाध्यक्ष एवं बाणगंगा नगर इन्चार्ज अनिता क्षेत्रीको अध्यक्षत, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य खिम बहादुर जि.सी.को प्रमुख आतिथ्यता, नेपाल निजामती संगठन जिल्ला अध्यक्ष प्रकाश गौतम र केन्द्रिय प्रतिनिधि केशवराज भट्टराईको आतिथ्यता र राष्ट्रसेवक बचत तथा ऋण सहकारीका अध्यक्ष सन्तोष बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।