नेपाल-भारत सीमानाका २ दिन बन्द

मेचीकाली संवाददाता

१७ फाल्गुन २०७८, मंगलवार
439 shares

कपिलवस्तु । कपिलवस्तुको सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगर जिल्लामा यही फागुन १९ गते हुने निर्वाचनका लागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनका लागि बन्द हुने भएको छ ।

कपिलवस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर, मर्यादपुर चाकलचौडासहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

निर्वाचन ४८ घण्टा पूर्व आज बेलुकी ६ बजे पछि सुरक्षाका लागि नेपाल आवत जावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । टाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् ।

निर्वाचन अवधिमा ईमरजेन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । निर्वाचनका सुरक्षा संवेदनशीलताका कारण दुबै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको छ ।