अन्तर विद्यालय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता

मेचीकाली संवाददाता

१७ फाल्गुन २०७८, मंगलवार
400 shares

तुलसीराम पौडेल
फर्साटिकर । निजी अग्रेजी विद्यालय शिक्षक सङ्गठन (पेस्टा) रुपन्देहीको आयोजनामा १२ औं अन्तर विद्यालय शिक्षक भलिबल रनिङ्गशिल्ड प्रतियोगिता तथा महिला शिक्षक डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

शुद्धोेधन गाउँपालिका–२ हिरापुर स्थित शुद्धोधन इङलिस बोर्डिङ स्कुलमा आइतबार सम्पन्न भएको प्रतियोगितामा भलिबल तर्फ लिटल फ्लावर्स स्कुल प्रथम भएको छ । त्यसैगरि ज्ञानपुन्ज विद्या मन्दिर दोस्रो र रोजबड एकेडेमी तेस्रो भएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा रोजबड एकेडेमी प्रथम, सिद्धिविनायक दोस्रो भएको छ भने तिलोत्तमा इङलिस स्कुल र शुद्दोधन इङलिस स्कुल तेस्रो भएका थिए । प्रतियोगितामा भलिबल तर्फ प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद १० हजार, तेस्रो हुनेलाई नगद ५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पेस्टाका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शद्धद्दोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, शुद्दोधन शिक्षा समितिका संयोजक एवं वाड नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको विशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शद्धद्दोधन–२ का वडा अध्यक्ष बिष्णुप्रसाद बस्याल, प्याब्सन जिल्ला उपाध्यक्ष कुलराज शर्मा, सिद्दिविनायकका प्रीन्सिपल शिव प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम पेस्टाका बरिस्ठ उपाध्यक्ष केशव ज्ञवालीको स्वागत मन्तव्य र सचिव प्रकाश रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।