८ मार्चका लागि समन्वय बैठक सम्पन्न

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७८, बुधबार
522 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख तारावती चौधरीको अध्यक्षतामा ८ मार्च अर्थात् ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस कसरी मनाउने भने बिषयमा समन्वय बैठक सम्पन्न भएको छ । जिल्लाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अधिकारकर्मीहरु र संचारकर्मीको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

यस वर्षको नारा ‘सामाजिक न्याय र लैंगिक समानता दिगो बिकासको सुनिश्चितता’ रहेको छ । राष्ट्रिय नारालाई साकार पार्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । प्रत्येक स्थानीयतहहरुले निमार्ण गरेका नीति, नियम कतिको कार्यान्वयन भएका छन्, महिलाहरुको अवस्था, उपलब्धि र आगामी योजनाका बारेमा सेवाग्राही र सेवाप्रदायक बिच अन्तरसंवाद गर्नेलगायतका बिषयमा निर्णयहरु भएको समन्वय समितिकी उपप्रमुख तारावती चौधरीले जानकारी दिइन् ।

यस्तै यूएनएफपीएका चित्र महतोको सहजी करणमा कपिलवस्तु नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरी, गैसस महासंघका अध्यक्ष प्रबिण कुमार श्रीवास्तव, मानव अधिकार निगरानी समूहका जिल्ला अध्यक्ष पुष्पा रेग्मी, माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, ग्रामिण बिकासका लागि सामाजिक तथा सांस्कृतिक समाजका अध्यक्ष माया ज्ञवाली, इन्सेक प्रतिनिधि, सिद्धार्थ सामाजिक बिकास संस्था, कालिका स्वावलम्बन सामाजिक केन्द्र, ओरेक नेपाल, दलित सामाजिक बिकास केन्द्र, नव जविन संस्था र संचारिका समूहका प्रतिनिधिहरुको बैठकमा उपस्थिति रहेको थियो ।