पाँचौँ मेयरकप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७८, बुधबार
434 shares

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिकाद्वारा आयोजित पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । बुड्ढी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिकामा भइरहेको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाइरहेको बताइन् ।

उनले यही अवसरमार्फत आप्mनो प्रतिभा देखाउदै पालिका र जिल्लामै खेलाडीहरुले नाम उच्च राख्न सफल भएको बताइन् । उनले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुदसहित पूर्वाधार, पर्यटनलागतयतका क्षेत्रमा अन्य जिल्ला भन्दा बढी बजेट बिनियोजन गरेको बताइन् । ।
सो अवसरमा नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले आफ्नो कार्यकाल सकिन लाग्दा पाँचौँ वर्षसम्म जारी रहेको यो प्रतियोगीताले खेलाडीहरुले के कस्तो लाभ पाए त्यसको मुल्यांकन गर्ने बेला आएको बताए । नगरपालिकाले खेल क्षेत्रलाई शुरुदेखि नै प्राथमिकतामा राखेको बताए ।

पालिमा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफ्नो प्रतिभासमेत देखाउने मौका पाएको उनले बताए । कक्षा ८ सम्म आधारभूत तहको मेयर कप र नौ देखि १२ सम्मको राष्ट्रपति रनिङशिल्ड फागनु २१ सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद भट्टराईले बताए ।

कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षता, शिक्षा शाखा प्रमुख भट्टराईको संचालनमा भएको कार्यक्रममा कांग्रेसका नगरअध्यक्ष माधव दामासे, एमालेका नगर अध्यक्ष देबीराम बेल्बासे, प्रशासन प्रमुख राजन कुमार पोख्रेललागतयले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा उपमेयर मीरा थारु बिभिन्न राजीतक दलका नेता, सामाजिक ब्यक्तित्वहरुलगायतको सहभागीता थियो ।

उद्घाटन सत्रमा सहभागी बिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै कराँतेको काता प्रदर्शन गरिएको थियो । प्रतियोगीतमा एथलेटिक्स, भलिबललगातयका खेल हुनेछन् ।