प्याब्सन तिलोत्तमाद्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७८, बुधबार
600 shares

तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन तिलोत्तमाको अन्तरविद्यालय छात्र डबल व्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । तिलोत्तमा नगरभित्रका प्याब्सनमा आबद्ध विद्यालयहरुको सहभागीता रहेको सो कार्यक्रम मधवलिया व्याडन्टिन कल्बको कर्भड हलमा सम्पन्न भएको थियो ।

प्याब्सन तिलोत्तमाका अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षता, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सचिव किरण गौतमको संचालन तथा सदस्य सुन्दर गुरुङको संयोजनमा सम्पन्न भएको थियो । सहभागी विद्यालयहरुमध्येबाट पामिर एकेडेमी प्रथम, ज्ञान गंगा पाठशाला दोस्रो र नोबल इन्भायरोमेन्ट एकेडेमी र लिटिल स्टार बोर्डिङ स्कुल तेस्रो भएका थिए । विजय तथा उपविजेता टिमलाई शिल्ड तथा प्रमाण पत्र मेडलले पुरस्कृत गरिएको थियो ।

न्यू इन्भाइरोमेन्ट इङलिस बोडिङ स्कुलका खेलाडी धिरन राना उत्कृष्ट खेलाडी र नोबल इन्भाइरोमेन्ट एकेडेमीका दिपेन्द्र रेग्मी उदयमान खेलाडी घोषित भएका थिए भने ज्ञान गंगा पाठशाला अनुशासित टिमको रुपमा पुरस्कृत भएको प्याब्सन तिलोत्तमाको सञ्चार संयोजक चन्द्र अधिकारीले जानकारी दिए ।