सियारीमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता जारी

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार
718 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिका–७ कनरी खेल मैदानमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा विभिन्न टिमहरुबिच प्रतिस्पर्धा भैरहेको छ । सियारी खेलकुद समितिको आयोजनामा फागुन १६ गतेदेखि संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार पहिलो चरणको खेल अमवा युवा क्लब बि र ध्रुव तारा शान्ति युवा क्लब बीच भएको थियो ।

प्रतियोगितामा दुइका विरुद्ध तीन गोलको अन्तरले अमवा युवा क्लब बि ले ध्रुवतारा शान्ति युवा क्लबलाई पराजित गरि बिजय भएको छ । खेल शुरु भएको पहिलो हाफको ८ औ मिनेटमा ध्रुव तारा शान्ति युवा क्लबका जर्सी नम्बर १२ का मनिश क्षेत्रीले पहिलो गोल गरेका थिए । २८ आंै मिनेटमा अमवा युवा क्लब बि जर्सी नम्बर ६ का खडक बहादुर थारूले गोल गरि बराबरी बनाएका थिए ।

३५ औं मिनेटमा ध्रुव तारा शान्ति युवा क्लबका जर्सी नम्बर ७ का सोभित पौड्यालले गोल गरि १ गोल बढी गराउन सफल भएका थिए तर दोस्रो हाफको २५ औं मिनेटमा अमवा युवा क्लब बि का जर्सी नम्बर ६ का खडकबहादुर थारुले गोल गरि बराबरीमा पु¥याउन सफल भए ।
३५ औं मिनेटमा सोही टिमकै जर्सी नम्बर १४ का प्रेम थारूले थप गोल गरि टिमलाई बिजयी गराउन सफल भएका थिए ।

दोस्रो चरणको खेल अमवा युवा क्लब ए र मिलनचोक–११ बीच प्रतियोगिता भएको थियोे । प्रतियोगितामा अमवा युवा क्लब ए ले शुन्यका विरुद्ध ६ गोलको अन्तरले मिनलचोक–११ लाई पराजित गरि बिजयी भएको थियो ।
पहिलो हाफको १३ औं मिनेटमा अमवा युवा क्लब ब् का जर्सी नम्बर ५ का सुरोज गुप्ताले १३ औ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसैगरि सोही टिमका जर्सी नम्बर ११ का बिश्वास गुरुङले १८ औ मिनेटमा, जर्सी नम्बर ६ का टेकराज थारूले २२ औ र ३३ औ मिनेटमा, जर्सी नम्बर १३ का रवि थापाले गोल गरेका थिए ।

दोस्रो हाफको २८ औ मिनेटमा अमवा युवा क्लबकै जर्सी नम्बर ११ का बिश्वास गुरुङले गोल गरेका थिए ।
बिहीबारको पहिलो चरणको खेल हाटी अमवा युवा क्लब भर्सेस मोहनगन्ज युवा क्लब बीच र दोस्रो चरणको खेल न्यु मिलन युवा क्लब कैलास नगर भर्सेस शिव ज्योती सामाजिक केन्द्र छपिया बीच हुनेछ ।