सियारीमा पुर्ण खोप सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार
389 shares

तुलसीराम पौडेल
सियारी,फाल्गुन १९

रुपन्देहीको सियारी गाउपालिकामा पालिका स्तरीय कोभिड -१९ र नियमित खोप समिक्षा ,दिगोपन र सुनिश्चितताका लागि खोप समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। सियारी गाउपालिकालाई कोभिड पुर्ण खोप युक्त बनाउनको लागि आवश्यक तयारी गर्ने उद्देश्यले गाउपालिकाको आयोजनामा गाउपालिकाका जनप्रतिनिधिहरु ,स्वास्थ्य सस्थाका प्रमुखहरु लगायतको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकाल र खोप अधिकृत भेषराज शर्माले खोप सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकालाई पुर्ण खोप युक्त गाउपालिका बनाउन संबंधित सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो।
गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले संचालन गर्नुभएको थियो ।