हाम्रो जागृति सगरमाथा सहकारीले मनायो दोस्रो स्थापना दिवस

मेचीकाली संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार
626 shares

बुटवल, फागुन २० । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारि संस्थाले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बिहीबार सहकारीले एक कार्यक्रमका बीच ७० वर्ष उमेर पुगेका शेयर सदस्य तथा शेयर सदस्यका बुवा आमाहरुलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा संस्थाका सल्लाहाकार टंकप्रसाद पौडेको र साबिक जागृती सहकारीका पुर्व अध्यक्ष बेलप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कायर्कममा ७० वर्षदेखि माथी उमेर भएका १७ जना शेयर सदस्य तथा शेयर सदस्यका आमा बुवालाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले वृद्धवृद्धाहरुको सम्मान, मार्ग निर्देशन तथा आशिर्वाद संस्था सञ्चालनार्थ सधैं आबश्यक भएकोले निती तथा कार्यक्रम अनुसार यस्ता कार्यक्रमहरुलाई संस्थाले निरन्तरता दिने बताए । त्यस्तै उनले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताए । ‘संस्थाका सदस्यहरु एकताबद्ध भएर अगाडी बढ्न सकियो भने समाजमा फरक काम गर्न सकिन्छ ।’ पाण्डेले भने । कार्यक्रममा पूर्व अध्यक्ष वेलप्रसाद शर्मा, सल्लाहाकार टंक पौडेल, सोमनाथ सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तोलाकान्त डुर्मेले गरेका थिए । हाल उक्त सहकारीमा एक हजार आठ सय २२ जना शेयर सदस्य रहेका छन् ।