सियारी प्रथम अध्यक्ष कपमा ध्रुव तारा युवा क्लब र अमवा युवा क्लब A सेमिफाइनलमा प्रवेश

मेचीकाली संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार
432 shares


तुलसीराम पौडेल —
सियारी, फाल्गुन २०
रुपन्देहीको सियारी खेलकुद विकास समितिको आयोजनामा सियारी -७ कनरीको खेलमैदानमा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबारको पहिलो खेल अमवा युवा क्लब B भर्सेस ध्रुव तारा युवा क्लब बिच प्रतियोगिता भएको थियोे ।सम्पन्न प्रतियोगितामा धृव तारा युवा क्लबले ट्राइब्रेकरमा दुइका विरुद्ध तीन गोलको अन्तरले अमवा युवा क्लब B लाई पराजित गरि बिजयी भैइ सेमिफाइनलमा प्रवेश गरेको छ।
।पहिलो हाफको १९ औ मिनेटमा अमवा युवा क्लब B का जर्सी नम्बर ९ का प्रेम थारुले पहिलो गोल गरेका थिए।दोस्रो हाफको २९ औ मिनेटमा ध्रुव तारा युवा क्लबका जर्सी नम्बर १० का अभय क्षेत्रीले गोल गरि बराबरीमा लगेका थिए ।निर्धारीत समयमा कुनै पनि टिमले थप गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियोे ।
शुक्रबारको दोस्रो खेल अमवा A भर्सेस न्यु मिलन युवा क्लब बीच प्रतियोगिता भएको थियो।प्रतियोगितामा अमवा युवा क्लब A ले शुन्यका विरुद्ध दुई गोलको अन्तरले न्यु मिलन युवा क्लबलाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफको १२ औ मिनेटमा अमवा युवा क्लब A का जर्सी नम्बर ८ का टेक बहादुर चौधरीले पहिलो गोल गरेका थिए ।दोस्रो हाफको ३५ औ मिनेटमा सोही टिमका कृष्ण थापा मगरले अर्को गोल गरेका थिए ।
शनिबारको पहिलो सेमिफाइनल खेल हाटी अमवा युवा क्लब भर्सेस ध्रुव तारा युवा क्लब र दोस्रो खेल दुर्गा युवा क्लब भर्सेस अमवा युवा क्लब A बीच हुने खेल संयोजक दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
फाल्गुन १६ देखि संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फाल्गुन २३ गते समापन हुने आयोजकले बताएका छन् ।