प्लाण्ट क्वारेन्टिन सरोकावालाहरु बिच समन्वय बैठक सम्पन्न

मेचीकाली संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार
391 shares

पार्वती आचार्य
कपिलवस्तु । प्लाण्ट क्वारेन्टिन कार्यालय कृष्णनगर र सम्पर्क बिन्दु सुठौलि कपिलवस्तुको आयोजनामा प्लाण्ट क्वारेन्टिन सरोकावालाहरु बिच समन्वय बैठक एक कार्यक्रमको बिच सम्पन्न भएको छ । क्वारिन्टन कार्यक्रम कृष्णनगर कपिलवस्तुको बार्षिक स्वीकृत कार्यक्रम अन्तरर्गत क्वारेन्टिन सरोकारवालाहरु बिच समन्वय बैठक सुठौलि भन्सार कार्यालयमा सम्पन्न गरिएको हो ।

कार्यक्रमका अतिथी एवं सुठौलि भन्सार कार्यालयका प्रमुख अभिषेक कण्ठले भन्सार एजेन्सिहरुले सरकारको मापदण्ड अनुसारको निती नियम पालना गर्नुपर्ने जोड दिनु भयो । साथै बिरुवा संरक्षण ऐन २०६४ र बिरुवा संरक्षण नियमावली २०६६ नियम पालन गर्न आग्रह गर्नुभयो । यस्तै संचारिका समूह जिल्ला शाखाका अध्यक्ष पार्वती आचार्यले प्लाण्ट क्वारेन्टिनको निती नियममा रहेर भन्सार एजेन्सिहरुले कार्य गर्नुपर्ने बताउनु भयो । साथै आयात खाद्य बस्तुहरु पारदशिर्ता र आम उपभोक्ताहरुका लागि गुणस्तरिय हुनुपर्ने बताउनु भयो ।

यसैगरी एजेन्ट हबिबुल्लाह मुसलमान , जगमोहन यादव , जितेन्द्र चौहान लगाएतका एजेन्टहरुले छुटपुर्जीका लागि समस्या भएको हुँदा सुठौलि भन्सारमा उपलब्ध गराई दिनका लागि क्वारेन्टिन कार्यालय कृष्णनगरलाई आग्रह गरेका छन् । भन्सार एजेन्टहरुका लागि कृष्णनगर कार्यालयमा जान टाढा भएकोले सुठौलिमा स्थापना गरिएको सम्पर्क कार्यालयलाई छिट्टै संचालनमा ल्याउन अनुरोध गरेका छन् ।

प्लाण्ट क्वारेन्टिन कार्यालय कृष्णनगर र ब्यापारी , भन्सार एजेन्ट र भन्सार कार्यालय र क्वारेन्टिनका ऐन नियममा देखिएका समस्याहरुलाई सहजी करण गर्नका लागि यो समन्वय बैठक तथा कार्यक्रमको आयोजना गरिएको क्वारेन्टिन कार्यालय कृष्णनगरका बरिष्ठ वालि संरक्षण अधिकृत बुद्धिराम भट्टराईले बताउनु भयो ।

बैठकमा कार्यालयको समग्र विवरण , क्वारेन्टिन कार्यालयको कार्यक्षेत्र , जनशक्ति विवरण , कार्यालयको काम कर्तब्य र अधिकार , प्लाण्ट क्वारेन्टिन प्रक्रिया , आयात पैठारी र निर्यात पैठारी , बिरुवा संरक्षण ऐन २०६४ र बिरुवा संरक्षण नियमावली २०६६ ले तोकेका निती नियमहरुलाई भन्सारमा क्वारेन्टिन कसरी गर्नुपर्छ भन्ने बिषयहरुलाई जानकारी दिनुका साथै सम्बन्धीत सरोकारवालाहरुको दायित्व के भन्ने बिषयमा प्रमुख भट्टराईले सहजी करण गर्नु भएको थियो ।

यस्तै गत बर्ष १ अरब ६० करोड २१ लाख ८५ हजारको फलफुल मात्र भित्रिएको थियो भने तरकारी ९५ करोड २९ लाख १६ हजार , ६९ करोड ४४ लाख १२ हजार बराबरको खाद्यान्न , ११ करोड २० लाख ११ हजारको तेलन र मसला ४ करोड २९ लाख १४ हजार बराबरको पैठारी भएको छ । यस्तै निर्यात तर्फ जडिबुटी ४ करोड ४६ लाख २४ हजार निर्यात भएको छ भने तोरीको पिंना ३६ लाख ६ हजार गरी जम्मा ४ करोड ७८ लाख ३० हजार निर्यात भएको प्रमुख भट्टराईले बताउनु भयो ।

प्लाण्ट क्वारेन्टिन कार्यालय कृष्णनगरका प्रमुख बुद्धिराम भट्टराईको अध्यक्षतामा सुठौलि भन्सार प्रमुख , भन्सार एजेन्टहरु , कार्यलयका खरिदार बिष्णु रायमाझी , सुरक्षाकर्मी , पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने बालि संरक्षण नन्दलाल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।