मानव अधिकारका लागि महिला, एकल महिला वडा स्तरिय समूह गठन

मेचीकाली संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार
410 shares

पार्वती आचार्य
कपिलवस्तु । मानव अधिकारका लागि महिला, एकल महिला समूह कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालकाको वडा नं. २ मा वडा स्तरिय मानव अधिकारका लागि एकल महिला समूह गठन गरिएको छ । वडा स्तरिय एकल महिला समूहमा १३ जनाको समूह गठन भएको मानव अधिकारका लागि महिला, एकल महिला समूह कपिलवस्तुका अध्यक्ष रुपा देवी राईले बताउनु भयो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले एकल महिलाहरुका लागि वडाको साथ सहयोग रहि रहने प्रतिबद्धता जनाउनु भयो । साथै यस भन्दा अगाडी पनि वडाले एकल महिलाहरुका लागि बिभिन्न तालिमहरुको आयोजना गरिएको बताउनु भयो ।

यस्तै बैजलपुर आधारभूत बिद्यालयका प्रधानाध्यापक जगतराज रेग्मीले एकल महिलाहरुका बालबालिकाहरु लाई शिक्षाबाट बञ्चित हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यसैगरी समूहका जिल्ला उपाध्यक्ष टिका कुमारी अधिकारीले बिपन्न बर्गका महिलाहरुलाई सहयोग गर्न समूहका महिला दिदी बहिनी एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रम उमादेवी कुवरको अध्यक्षता, देवीकला न्यौपानेको स्वागत तथा सोभा आचार्यको संचालनमा सम्पन्न भएको थियो । वडा नं २ को सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।