बाणगंगामा दलित यूवाहरूका लागि ड्राइभिङ तालिम

मेचीकाली संवाददाता

२२ फाल्गुन २०७८, आईतवार
464 shares

रामबहादुर गन्धर्व
बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दलित यूवायूवतीहरुलाई लक्षित गरि ३५ दिने ड्राइभिङ तालिम सुरु भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को बिनियोजित रकमबाट दलित लक्षित वर्ग अन्तर्गत ३१ जना युवायुवतीहरूका लागि शनिबारबाट वडा नं १ स्थित नगरस्तरीय दलित उपभोक्ता समितिको सभा हलमा तालिम सुरु भएको हो ।

बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, दलित उपभोक्ता समितिको आयोजना जितपुर स्थित मालिका ड्राइभिङ सेन्टरको सहकार्यमा नगरका ११ वटै वडाका बेरोजगार युवा युवतीहरूलाई तालिममा सहभागी गराइएको छ । नगरभरबाट आवेदन दिएका ७८ जना मध्ये ३१ जना प्रशिक्षार्थीको नामवली सार्वजनिक गरिएको छनौट समितिका संयोजक मनोज नेपालीले जानकारी दिए ।

समितिका अध्यक्ष टिकाराम सुनारको अध्यक्षता रहेको कार्यक्रम बाणगंङ्गा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, वडा नं १ का अध्यक्ष बालकुमारी अधिकारी पन्तको बिशिष्ट आतिथ्यता, नगरपालिका अन्तर्गत सामाजिक बिकास शाखा अधिकृत शुशिला पन्त, कार्यपालिका सदस्यहरू कृष्ण बहादुर बि.क., योगनाथ सुनार, वरिष्ठ दलित अगुवा वेदराज नेपाली दलित अगुवा पीताम्बर बि.क.लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा दलित समुदायको उत्थानका लागि बाणगंङ्गा नगरपालिकाले गत वर्ष र यसवर्ष ड्राइभिङ तालिम मार्फत नगरका बेरोजगार युवा युवतीहरूलाई आत्मर्निभर बनाउन विशेष भुमिका खेलेको बताउदै कार्यक्रमका बक्ताहरूले सहभागिलाई तालिम अवधिभर सक्रिय रूपमा सहभागी भई अनुशासनपूर्वक तालिम प्राप्त गरि सिकेको सिपलई ब्यवहारमा लागू गर्न पनि आग्रह गरेका छन् ।
उपभोक्ता समिति सचिव सारदा परियारको स्वागत र दलित अगुवा पूर्णचन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।