मानवअधिकार समुह बुटवलद्वारा शहरी स्वास्थ्य केन्द्रको अनुगमन

मेचीकाली संवाददाता

२३ फाल्गुन २०७८, सोमबार
540 shares

बुटवल । मानव अधिकार निगरानी समुह बुटवलले बुटवल उपमहानगरपालिका भित्रका शहरी स्वास्थ्य केन्द्रहरुको अनुगमन गरेको छ ।
मानव अधिकार समुह बुटवल अध्यक्ष कमला भण्डारी ज्ञवालीको संयोजकत्वमा इन्सेक रुपन्देही सहजकर्ता, पत्रकार र समुहको टोलिले स्वास्थ्य केन्द्रकोे समस्याहरु पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा वडा नं. ३ स्थित शहरी स्वास्थ्य केन्द्रले भवन अभावका कारण लक्ष्य अनुसारको सेवा प्रवाह गर्न नसकेको पाहिएको छ । उक्त स्वास्थ्य केन्द बुटवल उपमहानगरपालिका वडा नं. ३ र वडा नं. ५ को संयुक्त भएपनि भवन अभाव हुँदा विरामीहरुले सहज रुपमा सेवा पाउन नसकेको बताए । ‘दुई वडाको स्वास्थ्य केन्द्र भएकाले बिरामीको चाप धेरै हुने तर भवन अभावले उपचारमा समस्या हुने गरेको हो ।

स्वास्थ्य चौकीमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पुर्ण रुपमा उपलब्ध नरहेको, भवन अभाव हुँदा एउटा सटरमा सञ्चालन भएको स्वास्थ्यचौकीमा स्वास्थ्य जाँचका लागि आउने गर्भवती महीलाहरुको लागि उपयुक्त बेडको समेत अभाव हुँदा समस्या देखिएको अनुगमन टोलिले जानकारी दिएको छ । सेवाग्रहीहरुलाई सहज रुपमा सेवा दिनका लागि नयाँ भवन बनिरहेको र केही समयमै बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बुटवल–३ की कार्यबाहक वडा अध्यक्ष सरस्वती कुँवरले बताइन् ।

इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरेले समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउँदै आएको बताए । स्थलगत अनुगमनमा मानव अधिकार समुहका अध्यक्ष कमला ज्ञवाली, समुहका सदस्यहरु सन्जय गुप्ता, इश्वर गुरुङ, सन्जु थापा, उमा न्यौपाने लगायतको उपस्थित रहेको थियो ।