महिला दिवसमा प्रशिक्षण तथा विविध कार्यक्रम

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
397 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुध्दोधन गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रशिक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्षता, पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यातामा कार्यक्र म भएको हो । कार्यक्रममा अध्यक्ष चौधरीले महिला हिंसाको मुख्य कारण शिक्षाको कमीकमजोरी रहेको बताए । कुनैपनि हिंसालाई रोक्न शिक्षाको धेरै आवश्यक रहेको बताउदै महिलाहरू मा पहिलेको भन्दा धेरै सोच हरु परिवर्तन भएको र महिलाहरूको हित र हिम्मत बढाउन गाउँ पालिका र आफू पनि हरपल तैयार हुने प्रतिबद्धता जनाए ।

शुध्दोधन गाउँ पालिका–४ का अध्यक्ष राजेन्द्र कडेलले महिलाहरूको सक्रियताले नै महिला हिंसा कम हुदै जाने र महिलाका हितमा गाउँपालिकाले धेरै कार्य गरेको बताउदै आमाको नामक अमुल्य गजल समेत पेस गरे । शुध्दोधन गाउँ पालिका ५ का वडा अध्यक्ष पुन्नेराम गौतमले महिला दिवसमा मात्रै होइन ३ सय ६५ दिननै महिलाहरूको सम्मान हुनुपर्ने र महिला हिंसा महिला बाट पनि हुने गरेको बताए ।

शुध्दोधन गाउँपालिकाको आयोजनामा र सेतो गुराँस बाल विकास सेवा शुआहारा रुपन्देही सुनगाभा सामुदायिक विकास केन्द्र र मानमटेरिया साथी संजाल शुध्दोधन साथी संजालको सहयोगमा भएको कार्यक्रममा नेपाल वार एशोसिएशन सदस्य हेमा न्यौपानेको प्रशिक्षणमा भएको कार्यक्रममा शुआहारा रुपन्देहीका सहजकर्ता रिता भट्टराई, सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल केसी शुध्दोधन साथी संजालका सचिव रामकुमारी चौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रममा विभिन्न नृत्य सुचनामुलक नाटक कुर्सी दौड लगायतका कार्यक्रम प्रस्तुति गरिएको थियो । नृत्यनाटक गरेका बालबालिकालाई नगद पुरस्कार समेत प्रदान गरीएको थियो । गंगा गैरेको स्वागत र गाउँ पालिकाका प्रशासन शाखकी लक्ष्मी खत्रीको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।