मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलमा खनाल

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
460 shares

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उपमहानगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । एकेडेमीको मंगलबार भएको चौथो अधिवेशनले मणि खनालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा बिसन काउचा, सचिवमा गौरव आचार्य, कोषाध्यक्षमा मनिप्रसाद गुरुङ र सहसचिवमा आकृति जिसी रहेका छन् । कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुम गोमा आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा एमाले रुपन्देहीका युवा नेता गोपाल राना, एकेडेमीका केन्द्रीय सचिव सुजु मल्ल, केन्द्रीय सदस्य सदस्य नन्दु काउचा, केन्द्रीय सदस्इ तथा रुपन्देहीका, अध्यक्ष कृष्ण देवकोटा लगायतले बोलेका थिए । नगर अध्यक्ष समुन्द्र श्रेष्ठको अध्यक्षता, किशोर सुवेदीको स्वागत तथा केशव पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।